दफा ५५७
वस्तु बुझिलिएको मानिनेः देहायको कुनै अवस्थामा क्रेताले वस्तु बुझिलिएको मानिनेछः–

(क) क्रेता वा निजको प्रतिनिधिले वस्तु बुझिलिएमा,
(ख) वस्तु बुझिलिएको रसिद वा भरपाई गरिदिएमा,
(ग) दफा ५५६ बमोजिम वस्तु यकीन गरी करार बमोजिम भएको ठहर गरी क्रेताले भण्डारण गरेमा,
(घ) कुनै वस्तु क्रेताकहाँ पुगेकोमा मनासिब समयभित्र निजले त्यस्तो वस्तु बुझिलिन इन्कार गरेको जानकारी बिक्रेतालाई नपठाई निजकहाँ त्यस्तो वस्तु रहेमा,
(ङ) त्यस्तो वस्तुमा निजको स्वामित्व र नियन्त्रण रहेको पुष्टि गर्ने कुनै काम निजबाट भएमा ।